च्छोरोल्पा अस्पतालमा ट्युमरको सफल अप्रेसन

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटस्थित च्छो–रोल्पा जनरल अस्पतालमा सात केजीको ट्युमरको सफल अप्रेशन गरिएको छ । आर्थिक अभावका कारण पाठेघरमा पलाएको ट्युमरको पीडा सहेर बसेकी सिन्धुपाल्चोक साँगागढीचोक नगरपालिका वडा नम्बर ८ की ६७ वर्षीया धानीमाया तामाङको अस्पतालमा सफल अप्रेसन गरिएको हो ।
आर्थिक अभावका कारण लामो समयसम्म अप्रेसन गर्न नसकेकी धनमायाको निःशुल्क अप्रेसन गरेको च्छोरोल्पा जनरल अस्पतालले जनाएको छ । डा. विनोद दंगालको टोलीले सो अप्रेशन गरेको हो । उहाँसँग औषधिको केही शुल्क बाहेक अन्य शुल्क नलिएको अस्पतालको भनाई रहेको छ ।

Shares

Be the first to comment on "च्छोरोल्पा अस्पतालमा ट्युमरको सफल अप्रेसन"

Leave a comment

Your email address will not be published.


*