काठमाडौँ, २० फागुन : नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो । हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो । मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली रहेको छ । सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताउनुभयो । यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिनुभयो । आज राति पश्चिमी भू–भागमा बढी बदली हुने उहाँको भनाइ छ । काठमाडौँमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । गत मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो । हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ । —
प्रिमनसुन अवधि सुरुः आज देशभर बदली हुने
Posted By: दीक्षण दैनिक २० फाल्गुन २०८०, आईतवार १४:११
२७ पुष २०८१, शनिबार १९:४४
स्व. डिठ्ठा. जगन्नाथ उप्रेतीको पुख्र्यौली घर पुनर्निर्माण र सूर्यपाञ्चायन मन्दिरको शिलान्यास
२७ पुष २०८१, शनिबार १८:३७
वडाअध्यक्ष फुटबल कपका लागि ट्रफी र टाईसिट सार्वजनिक
२७ पुष २०८१, शनिबार १८:१२
प्रेस सेन्टर नेपाल दोलखामा बस्नेत पुनः अध्यक्षमा चयन
२७ पुष २०८१, शनिबार १८:४२
पृथ्वी जयन्तीको अवसरमा चियापान समारोह सम्पन्न
२७ पुष २०८१, शनिबार १९:२२
Be the first to comment on "प्रिमनसुन अवधि सुरुः आज देशभर बदली हुने"