चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा युवालाई प्राथमिकता दिएको छ भन्ने विषयमा वादविवाद कार्यक्रम सम्पन्न भएको छ । युवा तन्नेरी चासो दोलखाको आयोजनामा शनिवार भीमेश्वर नगरपालिकाको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो । भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतको प्रमुख आतिथ्यता तथा मेलुङ गाउँपालिकाकी उपप्रमुख गायत्री आचार्यको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बजेट निर्माण गर्दा युवाका मुद्धा समेट्न आग्रह गरेको युवा तन्नेरी चासो दोलखाका संयोजक गणेश बुढाथोकीले जानकारी दिनु भयो । बादविवादमा पक्षबाटबाट अङ्कित थामी तथा बन्दिका मुग्राती र विपक्षबाट विमल खड्का र सुधा श्रेष्ठले आफ्नो धारणा राख्नु भएको थियो ।कार्यक्रम समापनको अवसरमा कार्यक्रममा प्रमुख अतिथि तथा विषेश अतिथिले आफ्नो स्थानीयमा भएको युवा लक्षित कार्यक्रमको वारेमा जानकारी दिनु भएको थियो ।
वादविवाद कार्यक्रम सम्पन्न
Posted By: दीक्षण दैनिक २० फाल्गुन २०८०, आईतवार १४:०१
२७ पुष २०८१, शनिबार १९:४४
स्व. डिठ्ठा. जगन्नाथ उप्रेतीको पुख्र्यौली घर पुनर्निर्माण र सूर्यपाञ्चायन मन्दिरको शिलान्यास
२७ पुष २०८१, शनिबार १८:३७
वडाअध्यक्ष फुटबल कपका लागि ट्रफी र टाईसिट सार्वजनिक
२७ पुष २०८१, शनिबार १८:१२
प्रेस सेन्टर नेपाल दोलखामा बस्नेत पुनः अध्यक्षमा चयन
२७ पुष २०८१, शनिबार १८:४२
पृथ्वी जयन्तीको अवसरमा चियापान समारोह सम्पन्न
२७ पुष २०८१, शनिबार १९:२२
Be the first to comment on "वादविवाद कार्यक्रम सम्पन्न"