चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिका र सरकारी वकिल कार्यालय दोलखाका विच अन्तक्र्रिया सम्पन्न भएको छ । सरकारी वकिल कार्यालयको आयोजनामा बुधवार बैतेश्वरमा सो अन्तक्र्रिया सम्पन्न भएको हो ।
अन्तक्र्रियामा गाउँपालिकाका न्यायिक समितिका पदाधिकारीहरु तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अन्तक्र्रियामा स्थानीय न्यायिक समितिमा आउने मुद्दा , स्थानीय न्यायिक समितिको कार्यक्षेत्र, विद्यमान ऐन कानुन आदिका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, उपाध्यक्ष कल्पना उप्रेति, जिल्ला न्यायाधिवक्ता अर्जुन कोइराला, निमित्त प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञावली, वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
Be the first to comment on "अन्तक्र्रिया सम्पन्न"