विज्ञान प्रदर्शनी सम्पन्न

चरिकोट(दीस)ः मेलुङ गाउँपालिका वडा नम्मर ६ स्थित त्रिभुवन मावि मेलुङमा विद्यालय स्तरीय विज्ञान तथा शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । मेलुङ गाउँपालिकाको आयोजनामा मंगलवार सो प्रदर्शनी सम्पन्न भएको थियो ।
प्रदर्शनीको उद्घाटन मेलुङ गाउँपालिकाका प्रमुख हिरा थोकरले गर्नु भएको थियो । कार्यक्रममा मेलुङ गाउँपालिकाका उपप्रमुख गायत्री आचार्य, शिक्षा विकास तथा समन्वय इकाई दोलखाका इकाई प्रमुख शंकरबाबु श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । गाउँपालिका भित्रका पाँचवटा विद्यायल सहभागी रहेको प्रदर्शनीमा त्रिभुवन मावि प्रथम,भीम मावि धनुके द्वितीय तथा भीम मावि बुद्धचोक तृतीय भएको त्रिभुवन मावि मेलुङका प्रधानध्यापक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "विज्ञान प्रदर्शनी सम्पन्न"

Leave a comment

Your email address will not be published.


*