काठमाडौँ, १४ फागुनः राष्ट्रियसभा सदस्यहरुले भूकम्पले पुर्याएको क्षतिपछिको पुनःनिर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको वैठकमा दलीय आधारमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले जाजरकोट, दैलेख, सल्यान, डोटी र बझाङलगायतका जिल्लामा भूकम्पले पु¥याएको क्षतिपछिको पुनःनिर्माणलाई जतिसक्दो चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भूकम्पका कारण सञ्चार क्षेत्रमा पु¥याएको क्षतिबारे सरकारको ध्यानाकषर्ण गराउनुभयो । सांसद शर्माले भन्नुभयो, “भूकम्पपछि प्रभावित क्षेत्रमा प्राविधिक रुपमा भूगोलको अध्ययन जरुरी छ । भूकम्पपछि भूगोल खस्किएको छ, चिरा परेको छ, फाटेको छ र प्रभावित क्षेत्र बसोबासका लागि उपयुक्त छ वा छैन, अध्ययन गर्न जरुरी छ ।” नेकपा (एमाले)का सांसद दीलकुमारी रावल थापा पार्वतीले चितवनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सडक, स्वास्थ्य र शिक्षालगायतका क्षेत्रको विकास आवश्यक रहेकोमा सरकारको ध्यानाकषर्ण गराउनुभयो । उहाँले भन्नुभयो, “धार्मिक पर्यटनका सम्बन्धमा पवित्र नारायणीनदीको प्रमुख उदगमस्थल दामोदरकुण्ड, मुक्तिनाथ गोसाइगुण्ड, त्रिशुलीदेखि गोलाघाट अयोध्याधाम र त्रिवेणीधामसम्मलाई विशेष क्षेत्रका रुपमा संरक्षण, संवद्र्धन गर्दै देवघाटलाई प्रमुख पर्यटकीय धार्मिक क्षेत्रको रुपमा विकास गर्नु पर्दछ ।” नेपाली कांग्रेसका सांसद रमेशजङ्ग रायमाझीले जनताबाट निर्वाचित सांसदहरुले निर्वाचनका समयमा जनतासमक्ष गरेका बाचाहरु पूरा गर्नुपर्नेमा जोड दिनुभयो । मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्ने, जतिसक्दो चाँडो सङ्घीय कानून बनाउनुपर्ने र कुनै राजनीतिक दल वा दलका नेतामा केन्द्रित गर्नेभन्दा पनि आगामी आर्थिक बर्षको बजेट जनताको पक्षमा बनाउनुपर्ने माग गर्नुभयो । सांसद सिंहबहादुर विश्वकर्माले दलित समुदायबारे संविधानमा व्यवस्था गरिएको अधिकार कार्यान्वयनका लागि कानून निर्माण हुनुपर्नेमा जोड दिनुभयो । सांसदहरु नारायणप्रसाद दाहाल, इन्दु कडरिया, शेखरकुमार सिंह, नरपति लुहार र दीपा गुरुङले भ्रष्टाचारको अन्त्यलगायत समसामयिक विषयमा सरकारको ध्यानाकषर्ण गराउनुभयो । —
पुनःनिर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन सांसदको माग
Posted By: दीक्षण दैनिक १४ फाल्गुन २०८०, सोमबार १४:११
४ आश्विन २०८१, शुक्रबार १२:०४
पहिरोले सिंगटीको नवनिर्मित विद्यालयसहित बजार क्षेत्र नै जोखिममा
४ आश्विन २०८१, शुक्रबार २०:२२
नेपाली सेनाको गरुडदल गणद्वारा कालिन्चोक गाउँपालिकामा आगलागि पीडितको घर निर्माण
४ आश्विन २०८१, शुक्रबार १२:२९
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
४ आश्विन २०८१, शुक्रबार १०:१२
नदीजन्य पदार्थ उत्खनन रोकिँदा ढुङ्गा, गिट्टी, बालुवा चाल्ने मजदुर मारमा
४ आश्विन २०८१, शुक्रबार १०:३०
पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित
४ आश्विन २०८१, शुक्रबार २०:३५
क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ
४ आश्विन २०८१, शुक्रबार १२:२२
दोलखामा मनाइयो संविधान दिवस
४ आश्विन २०८१, शुक्रबार १२:४६
सुरु भयो पदयात्राको याम
४ आश्विन २०८१, शुक्रबार १०:०३
प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै
४ आश्विन २०८१, शुक्रबार २०:०८
विद्यालय स्तरीय दौड प्रतियोगिता सम्पन्न
४ आश्विन २०८१, शुक्रबार १२:३६
सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि
४ आश्विन २०८१, शुक्रबार १३:१४
Be the first to comment on "पुनःनिर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन सांसदको माग"