गर्भवतीलाई पोषणयुक्त सामग्री वितरण

चरिकोट (दीस) ः दोलखा सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक साकोसले पोषणयूक्त खानेकुरा सहित आयोडिन वितरण गरिएको छ ।

जिल्लाको भीमेश्वर नगरपालिका वडा नं २ मा “कोख देखी सोकसम्म ”मिलिजुली भन्ने नारालाई साकार पार्न सामग्री वितरण गरिएको हो ।स्वास्थ्य कार्यालयसँगको सहकार्यमा संस्थाले “समुदायसँग मिलिजुली कार्यक्रम” अन्तर्गत विहिबार भीमेश्वर न.पा. वडा नम्बर २ मा गर्भवती महिलाहरुसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

सो कार्यक्रममा संस्थाले प्रदान गर्ने सेवासुविधाको जानकारी गराइएको सञ्चालक सदस्य एवं शिक्षा उपसमिति संयोजक रुद्रजंग बुढाथोकीले जानकारी दिनु भयो।कार्यक्रम वडाअध्यक्ष स्टालीन श्रेष्ठको अध्यक्षता र स्वास्थ्य कार्यालयका अधिकृत सानुकाजि थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा संस्थाकाबारे उठेका जिज्ञासाका सञ्चालक सदस्य बुढाथोकी र सहायक ब्यवस्थापक रमेश सापकोटाले जवाफ दिनु भयो ।

कार्यक्रममा २५ जना महिलाको सहभागिता रहेको थियो । साकोसले संस्थामा आवद्ध महिला शेयर सदस्यहरु गर्भवती भई शिशुको जन्म दिएपछि उक्त शिशुुलाई संस्थामा बालबचतकर्ता बनाई खातामा एक हजार रकम जम्मा गरी दिएर बचत गर्ने बानीको बिकास गराउदै आएको छ ।

Shares

Be the first to comment on "गर्भवतीलाई पोषणयुक्त सामग्री वितरण"

Leave a comment

Your email address will not be published.


*