स्थायी शिक्षक नियुक्ति गर्दा कुनै शुल्क लिन नपाइने

चरिकोट(दीस)ः स्थायी शिक्षक नियुक्ति तथा पदस्थापन गर्दा अब कुनै शुल्क लिन नपाइने भएको छ । शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका शिक्षकहरुको नियुक्ति तथा पदस्थापन गर्दा शिक्षा विकास समन्वय ईकाईले शिक्षा विकास कोषमा रकम जम्मा गर्न लगाउने गरेको गुनासो आएसँगै शिक्षक ब्यवस्थापन समन्वय शाखाले सो परिपत्र जारी गरेसँगै अब शुल्न लिन नपाइने भएको हो ।
शिक्षक सेवा आयोगबाट शिफारिस भई नियुक्ति तथा पदस्थापनका लागि जिल्ला पठाइएका शिक्षकहरुलाई केही जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईले जिल्लामा नियुक्ति दिन तथा स्थानीय तह छनोट गर्न विविध कारण देखाई शिक्षा विकास कोषमा रकम जम्मा गर्न लगाएको पाइएकोले सो कार्य नगर्न भनिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले फागुन ३ गते सो निर्णय गरेको शिक्षक ब्यवस्थापन समन्वय शाखाका शाखा अधिकृत हरिबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "स्थायी शिक्षक नियुक्ति गर्दा कुनै शुल्क लिन नपाइने"

Leave a comment

Your email address will not be published.


*