शेयर सदस्यसँग अन्तक्र्रिया

चरिकोट(दीस)ः मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिंगटीमा सदस्यसँग मिलिजुली कालिञ्चोक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
संस्थाका कोषाध्यक्ष शुरेसचन्द्र खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका शेयर सदस्यहरुलाई संस्थाको सदस्य सेवा तथा असल अभ्यासको बारेमा जानकारी दिइएको संस्थाका संचालक सदस्य रुद्रजंग बुढाथोकीले जानकारी दिनुभयो । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.दोलखाका उपाध्यक्ष श्री नारायणबहादुर श्रेष्ठले उक्त कार्यक्रममा संबोधन गर्नु भएको थियो । यसैगरी सोही दिन बिगु गाउँपालिका वडा नम्बर आठ थामीचाँगुमा पनि सो कार्यक्रम सम्पन गरिएको सञ्चालक बुढाथोकीको भनाई रहेको छ ।

Shares

Be the first to comment on "शेयर सदस्यसँग अन्तक्र्रिया"

Leave a comment

Your email address will not be published.


*