जेलर सरुवा नगरे आन्दोलन गर्ने कैदी बन्दीको चेतावनी

चरिकोट(दीस)ः जेलर सरुवा नगरे आन्दोलन गर्ने चरिकोट कारागारमा रहेका कैदी बन्दीहरुले चेतावनी दिएका छन् । सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उनीहरुले सो चेतावनी दिएका हुन् ।
पत्रकार भेटघाटको क्रममा कैदी बन्दीहरु माथि जेलर रामकृष्ण घिमिरेले बारम्बार दुब्र्यवहार गर्ने गरेको नाइके विमल आचार्यले जानकारी दिनुभयो । यस्तै अस्पताल जाँदा टिकटको पैसा तिर्नु पर्ने तथा नेपाली कम्पनीका औषधी बाहेक अरु औषधी किन्न समेत घिमिरेले नदिएको उनीहरुको आरोप छ । जेलर घिमिरेले कैदीहरु लाई नियम पूर्वक दिनुपर्ने काजकिरिया खर्च नदिएको तथा सार्वजनिक रुपमा उच्चारण गर्न समेत नमिल्ने अपशब्द कैदी बन्दी लाई प्रयोग गर्ने गरेको कैदी बन्दीहरुको आरोप छ । यस्तै सामान अनलोड गर्न निःशुल्क लगाउने गरेको र जेलमा रहेको गाडी समेत मर्मत नगरी थन्क्याई कोही कैदी बन्दी विरामी हुँदा बाहिरबाट यातायातका साधन झिकाउन कैदी बन्दी बाध्य भएको उनीहरुको भनाई रहेको छ । पत्रकार भेटघाट कार्यक्रममा विजुली तथा खानेपानी शुल्क समेत कैदी बन्दीसँग पैसा उठाएर तिर्ने गरेको तथा भीमेश्वर नगरले १५ हजार रुपैयाँ पठाए पनि जेलमा गर्नु पर्ने कुनै पनि खर्च जेलरले पारदर्शी ढंगले खर्च नगरेको नाईकेहरुको आरोप छ । जेलर घिमिरेले भने आफूले जेलका अत्यावश्यक काममा मात्र पैशा खर्च गरेको तथा रकम हिनामिना नगरेको उक्त भेटघाट कार्यक्रममा बताउनु भयो । तर कैदी बन्दीहरुले भने जेलरको सरुवा नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । कैदी बन्दीले जेलर सरुवा नगरे आन्दोलन गर्ने भनी चेतावनी दिएको बारेमा दीक्षण दैनिकले दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसँग सम्पर्क राख्दा कैदी बन्दीको मागवारे आफू जानकार रहेको तथा जेलरलाई सरुवा गर्नेबारे विभागलाई पत्र लेख्ने बताउनु भयो । साथै कैदी बन्दीको आरोपका बारेमा सत्यतथ्य छानविन गरीने प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई रहेको छ ।

Shares

Be the first to comment on "जेलर सरुवा नगरे आन्दोलन गर्ने कैदी बन्दीको चेतावनी"

Leave a comment

Your email address will not be published.


*