दोलखामा २९ औं जनयुद्ध दिवस मनाइयो

चरिकोट (दीस) ः दोलखामा २९ औं जनयुद्ध दिवसको अबसरमा माओवादी घटकका दलहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् । नेकपा माओवादी केन्द्रले सदरमुकाम चरिकोटमा पार्टी कार्यालय चियापान कार्यक्रम गरी शुभकामना आदान प्रदान गरेका थिए । नेकपा माओवादी केन्द्र दोलखाका नेता पर्शुराम रिमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य घनश्याम रिजाल, नेपाली कांगे्रसका सभापति बर्मा लामा , एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, एकीकृत समाजबादी दोलखाका सचिब मोहन थापा लगायतले शुभकामना दिनु भएको थियो । कार्यक्रममा रिजाललाई बधाई तथा सम्मान गरिएको माओवादी केन्द्र दोलखाका प्रबक्ता पुस्कर अधिकारीले जानकारी दिनु भयो । केन्द्रले दिबसको अबसरमा मंगलबार दीपावली कार्यक्रम समेत गरेको छ । दिवसको अबसरमा नेकपा विप्लव समुहले पनि चरिकोटमा कार्यक्रम गरी दिवस मनाएको सो पार्टीले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा २९ औं जनयुद्ध दिवस मनाइयो"

Leave a comment

Your email address will not be published.


*