प्रेम सम्बन्धका कारण प्रेमिकाका आफन्तबाट युवकको हत्या

चरिकोट(दीस)ः दोलखाको शैलुङ गाउँपालिकामा भएको हत्या प्रेम सम्बन्धका कारण भएको खुलेको छ । सो गाउँपालिका वडा नम्बर ४ का १८ वर्षीय युवक भीष्म भण्डारीको प्रेम सम्बन्धका कारण हत्या भएको तथ्य बाहिर आएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सो पालिका वडा नं ५ बस्ने एक १६ बर्षिय किसोरीसँग प्रेम सम्बन्ध रहेका भण्डारी गत पुस ११ गते राति ती युवतीसँग बास बसेका थिए । भण्डारी युवतीसँग राति बास बसेको युवतीका आफन्तले भेटेपछि भण्डारीलाई युवतीका आफन्तले हत्या गरेका थिए । गाउँको मेलामा गएका किशोरीका बुबा पुष्कर नेपाली र ठुलोबुबा ईश्वर नेपाली घर फर्किएपछि भण्डारीलाई छोरीसँगै देखेपछि विवाद भएको र सोही विवादको क्रममा आफन्तले भण्डारीको हत्या गरेको दोलखा प्रहरीले बताएको छ । हत्या गरिएका युवक र किशोरीको गत पुस ९ गते मेलामा चिनजान भएर नजिकिएपछि दुवैबीच फोनमा कुराकानी हुन थालेको थियो । पुस ११ मा किशोरीले घरमा कोही नभएको भन्दै भेट्न बोलाएपछि भीष्म किसोरीको घरमा गएका थिए । भीष्मलाई साँझ घरमा किशोरीको कोठामा बुबाले देखेपछि कोठाबाट निकालेर लछारपछार गरेको प्रेम सम्बन्ध छुटाउन भण्डारीको हत्या गरेको स्वीकार आफन्तले गरेको दोलखाका प्रहरी प्रमुख दिपक खड्काले जानकारी दिनु भयो । भण्डारीको हत्या अभियोगमा पक्राउ पर्नेमा शैलुङ गाउँपालिका ५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपाली रहेका छन् ।

Shares

Be the first to comment on "प्रेम सम्बन्धका कारण प्रेमिकाका आफन्तबाट युवकको हत्या"

Leave a comment

Your email address will not be published.


*