नेकपा एमाले दोलखाको नेतृत्वको लागि त्रिपक्षीय प्रतिस्पर्धा

चरिकोट(दीस)ः नेकपा एमाले दोलखाको नेतृत्वको लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । मंगलवार तीन जनाले जिल्ला अध्यक्ष पदमा उमेद्वारी दर्ता गरेसँगै जारी दशौं अधिवेशनमा त्रिपक्षीय प्रतिश्पर्धा हुने देखिएको हो ।
अध्यक्ष पदमा वर्तमान अध्यक्ष नरबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष ईश्वरचन्द्र पोखरेल तथा पूर्व पार्टी सचिव भरतप्रसाद दूलालालले उम्मेद्वारी दर्ता गर्नु भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा तीन जनाको उम्मेद्वारी सँगै अन्य पदमा पनि समुह बनाएरै उम्मेद्वारी दर्ता भएको एमाले निकट स्रोतको दावी छ ।
निवर्तमान अध्यक्ष श्रेष्ठ, पूर्व अध्यक्ष पोखरेल तथा पूर्व सचिव दुलाल तिनै जना अघिल्लो स्थानीयतहका गाउँपालिका अध्यक्षहरु हुनु हुन्छ । मृदुभाषी श्रेष्ठ, हक्की स्वभावका पोखरेल, तथा विकास प्रेमी दुलाल बीच त्रिपक्षीय चुनावी प्रतिश्पर्धा हुने एमाले निकट विश्लेषकहरुको भनाई रहेको छ । दोलखाका नेकपा एमाले भित्र पोलिट्व्यूरो सदस्यहरु आनन्द पोखरेल तथा पार्वत गुरुङको गुट एमालेमा बलियो भएकोले दुई गुट विच पदाधिकारीमा मुख्य प्रतिस्पर्धा हुने विश्लेषकहरु बताउँछन् । अध्यक्षका उमेद्वारहरु श्रेष्ठ पार्वत गुरुङ निकट मानिनु हुन्छ भने पोखरेल आनन्द पोखरेल निकट मानिनु हुन्छ । भरत दूलाल भने दुवै गुटभन्दा बाहिरको उम्मेद्वार रहेको बताईन्छ । यस्तै उपाध्यक्षमा श्रेष्ठ समुहबाट उपाध्यक्षमा राजेन्द्र मानन्धर तथा पोखरेल समुहबाट हिरा थोकर उम्मेद्वार बन्नु भएको चर्चा छ । मानन्धर निवर्तमान पार्टी उपाध्यक्ष तथा थोकर निवर्तमान सचिव एवं मेलुङ गाउँपालिकाका वर्तमान अध्यक्ष हुनु हुन्छ । यसैगरी सचिव तर्फ पनि रोचक प्रतिस्पर्धा देखिएको छ । श्रेष्ठ सुमहबाट सचिव पदमा स्वयमबहादुर खड्का तथा पोखरेल समूहबाट कानुन ब्यवसायी कृष्ण बस्नेतले उम्मेद्वारी दिनुभएको छ । खड्का गौरीशंकर गाउँपालिकाका पूर्व अध्यक्ष हुनुहुन्छ भने बस्नेत सफल कानुन ब्यवसायी तथा एमाले दोलखालाई कानुनी समस्या पर्दाका सारथी हुनुहुन्छ । उपसचिवमा भने श्रेष्ठ समुहबाट ईश्वर न्यौपाने र कमला बस्नेतले उमेद्वारी दिनुभएको छ । न्यौपाने निर्माण ब्यावसायी तथा बस्नेत भीमेश्वर नगरपालिकाकी वर्तमान उपप्रमुख हुनु हुन्छ । यस्तै पोखरेल समूहका उपसचिवका उमेद्वारहरु हरि ओली र मेनुका सुवेदी रहनु भएको छ । हरि ओली दोलखाका सफल होटल ब्यावसायि तथा कृयाशिल युवा नेता मानिनुहुन्छ भने सुवेदी एमालेकी चर्चीत युवा नेतृ तथा समाजसेवी हुनुहुन्छ । त्यसैगरी उपसचिबमा युवा नेताहरु विदुर शर्मा , धिरज सुवेदीले उम्मेद्वारी दिनु भएको छ। उपसचिब पदमा नै विगु गाँउपालिका कार्यपालिका सदस्य लोक बहादुर नेपाली , गणेश शिवाकोटी , टपिन्द्र खड्का र धन बहादुर तामाङले उम्मेद्वारी दिनु भएको छ । शिवाकोटी र तामाङ गत बर्ष भएको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट स्थानीय तहमा पालिका प्रमुखको उम्मेद्वार हुनुहुन्थ्यो । महिला तर्फ उपचिब पदमा गोमा केसी र सिता केसीले उम्मेद्वारी दिनु भएको छ । उम्मेद्वारी दताए भएपनि सर्वसम्मतिको प्रयास पनि जारी रहेको एमाले सम्बद्ध स्रोतले जनाएको छ । सर्वसम्मति नभएमा आज मतदान बाट नेतृत्व चयन हुँदैछ ।

Shares

Be the first to comment on "नेकपा एमाले दोलखाको नेतृत्वको लागि त्रिपक्षीय प्रतिस्पर्धा"

Leave a comment

Your email address will not be published.


*