दोलखा एमालेको अध्यक्षमा तीन जना , उपाध्यक्षमा २ जना ,सचिबमा २ जना , उपसचिबमा १० जनाद्वारा उम्मेद्वारी दर्ता

चरिकोट (दीस)ः नेकपा एमाले दोलखाको अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ । अध्यक्ष पदका लागि बर्तमान अध्यक्ष नरवहादुर श्रेष्ठ र पूर्व अध्यक्ष इस्वरचन्द्र पोखरेलले तथा पुर्व सचिब भरत दुलालको उम्मेद्वारी परेको छ । आज भएको मनोनयन दर्ता क्रममा तीन जनाले अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराउनु भएको हो । उपाध्यक्ष पदमा २ जनाको उम्मेद्वारी परेको छ । जसमा हिरा कुमार थोकर र राजेन्द्र मानन्धरको उम्मेद्वारी परेको छ । सचिबमा कृष्ण बस्नेत र स्वयम बहादुर खड्काको उम्मेद्वारी परेको छ । त्यसैगरी पुरुष तर्फको उपसचिबमा तर्फ ७ जनाको उम्मेद्वारी परेको छ। पुरुष तर्फको उपसचिबमा हरी ओली , ईश्वर न्यौपाने , धिरज सुवेदी, धन बहादुर तामाङ,विदुर शर्मा,लाेक बहादुर नेपालि र टपेन्द्र खड्काले उम्मेद्वारी दर्ता गराउनु भएको छ । त्यसैगरी महिला उपसचिब तर्फ ३ जनाको उम्मेद्वारी परेको छ । जसमा कमला बस्नेत , मेनुका सुबेदी तथा सिता के.सीले उम्मेद्वारी दर्ता गराउनु भएको निर्वाचन समितिले जनाएको छ । एमालेको जिल्ला कमिटी सदस्यका लागि पनि उम्मेद्वारी दर्ता भएको छ । आज मनोनियन दर्ता भए पनि भोली विहान ८ बजेसम्म उम्मेद्वारी दर्ता फिर्ता लिने समय तोकिएको छ । भोली ८ बजेसम्म सम्म सहमति नभए यो १० औँ अधिवेशनले निर्वाचन मार्फत ३ बर्षका लागि एमालेको नयाँ नेतृत्व चयन गर्ने छ ।निर्वाचन समितिले भोली नै मतदान मार्फत नेतृत्व टुंग्याउन लागेको छ ।

Shares

Be the first to comment on "दोलखा एमालेको अध्यक्षमा तीन जना , उपाध्यक्षमा २ जना ,सचिबमा २ जना , उपसचिबमा १० जनाद्वारा उम्मेद्वारी दर्ता"

Leave a comment

Your email address will not be published.


*