नेकपा एमाले दोलखाको जिल्ला अधिवेशन भोलीबाट

चरिकोट (दीस) ः नेकपा एमाले दोलखाको १० औं जिल्ला अधिवेशन भोलीबाट सदरमुकाम चरिकोटमा सुरु हुँदै छ । अधिवेशनको नेकपा एमालेका महासचिब शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भोली देखी सुरु हुने अधिबेशनमा एमाले जिल्ला अधिवेशनमा ६ सय २५ जना प्रतिनिधि सहभागी हुने नेकपा एमाले दोलखाले जनाएको छ ।
अधिवशेनमा ९ स्थानीय तहको भुगोल तर्फबाट ४ सय ५० जना प्रतिनिधीले भाग लिने छन् । सबै भन्दा बढी सदस्य संख्या भएको मेलुङ गाँउपालिकाबाट सबै भन्दा बढी प्रतिनिधी सहभागि हुने छन् भने विगु गाँउपालिका सबै भन्दा कम प्रतिनिधीले सहभागिता जनाउने छन् । जनसंगठनवाट ५० जना प्रतिनिधी सहभागिता जनाउने छन् । प्रत्येक जनसंगठनबाट एक महिला सहित ३ जना प्रतिनिधी छनोट भएका छन् । यसैगरी दलित समुदायवाट ५० तथा पार्टीको सल्लाहकार परिषद्वाट २५ जना तथा काठमाडौ सम्पर्क मञ्चवाट २१ जनाले ले यो अधिवेशनमा भाग लिने बताइएको छ  ।
त्यसैगरी जम्मा प्रतिनिधीको ५ प्रतिशत मनोनितबाट प्रतिनिधी आउने एमालेको विधानमा व्यवस्था रहेको छ । जसमा ३० जना प्रतिनिधि मनोनित हुने एमाले दोलखाले जनाएको छ । जसमा प्रत्येक स्थानीय तह कमिटीको सिफारिसमा २ जनाका दरले ९ स्थानीय तह कमिटीको सिफारिसमा १८ जना र जिल्ला कमिटीले १२ जना प्रतिनिधी मनोनित गर्ने नेकपा एमाले दोलखाले जनाएको छ । एमाले दोलखामा हाल ७ हजार १ सय ३१ जनाले सदस्यता नविकरण गरेका छन् । जसमा पुरुष तर्फ ५ हजार ५ समय १ जना र महिला १ हजार ६ सय ३० जना रहेका छन् । जसमा दलित महिला १ सय २७ जना भने दलित पुरुषमा ३ सय ५२ जना प्रतिनिधी रहेको एमाले दोलखाको तथ्याक रहेको छ । अधिवेशन आएसँगै एमालेका केन्द्रीय, जिल्ला तथा स्थानीय तहका नेताहरु जिल्लाको सदरमुकाम एकीकृत भएका छन् । प्रतिनिधीहरु समेत सदरमुकाम चरिकोट आएका छन् । एमालेमा फरक फरक समुह विच निर्वाचन हुने अनुमान एमाले कार्यकर्ताले गरेका छन् । केही पदाधिकारीमा कतिपय नेताले उम्मेद्वारी घोषणा गरेका छन् । आज देखी सुरु हुने अधिवेशन २४ गते सम्म चल्नेछ । अधिबेशन सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसमा हुने छ । अधिवेशनले अगामी ३ बर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

Shares

Be the first to comment on "नेकपा एमाले दोलखाको जिल्ला अधिवेशन भोलीबाट"

Leave a comment

Your email address will not be published.


*