धनुषामा भन्सार छलीका सामान बरामद

गोदार (धनुषा), १५ माघ : भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको रु सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान आइतबार प्रहरीले बरामद गरेको हो । सामान ओसारपसारमा प्रयोग गरिएका तीन मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो । बरामद गरिएको सामान र मोटरसाइकल भन्सार कार्यालय जनकपुरलाई बुझाइएको प्रहरीले जनाएको छ । –––

Shares

Be the first to comment on "धनुषामा भन्सार छलीका सामान बरामद"

Leave a comment

Your email address will not be published.


*