खजुरा (बाँके), १२ माघ : सङ्घीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो । नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते बुझिलिएको दुई सय बोरा (प्रतिबोरा ५० किलो) सङ्घीय सरकारबाट अनुदान प्राप्त भएको थियो । उक्त अनुदानित युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा मात्रै फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाई पेस भएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा युरिया मल बाटोबाटै गायब भएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा वाणिज्य, कृषि ज्ञानकेन्द्र, कृषि सामग्री कम्पनीका प्रमुखसमेतको सहभागितामा बिहीबार गएको अनुगमन टोलीले नरैनापुरस्थित कृषि सहकारी ‘राप्ती कृषि सहकारी संस्था लिमिटेड’ नरैनापुर–५ को आकस्मिक अनुगमन गरेको थियो । उक्त सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकाले उपभोक्ताहित संरक्षण ऐनबमोजिम रु दुई लाख जरिवाना गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । अहिले गोदाममा भएको ६४ बोरा अनुदानित मल सिल गरिएको छ भने गायब भएको एक सय ३० बोरा मलबारेमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ । अनुदानको मल तोकिएको सहकारीमार्फत तोकिएका क्षेत्रका किसानले पाए नपाएको सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्व टोलीले आकस्मिक अनुगमन गरेको हो । –––
सरकारी अनुदानको मल बाटोबाटै गायब हुँदा…
Posted By: दीक्षण दैनिक १२ माघ २०८०, शुक्रबार ११:४५
६ आश्विन २०८१, आईतवार १२:०८
तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्या समाधान गर्न दोलखाका राजनैतिक दल सहमत
६ आश्विन २०८१, आईतवार १३:०६
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
६ आश्विन २०८१, आईतवार १५:५३
मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुदाँ एककाे मृत्युु
६ आश्विन २०८१, आईतवार १२:३३
सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड
६ आश्विन २०८१, आईतवार ०८:०२
विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै
६ आश्विन २०८१, आईतवार १७:४१
२०८१ असोज ६ गतेको इपेपर पढ्नुहोस
६ आश्विन २०८१, आईतवार १२:२४
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
६ आश्विन २०८१, आईतवार १३:५१
प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता
६ आश्विन २०८१, आईतवार १४:३३
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
६ आश्विन २०८१, आईतवार १०:४६
Be the first to comment on "सरकारी अनुदानको मल बाटोबाटै गायब हुँदा…"