सरकारले छिटो नीति परिर्वतन गर्दा ब्यावसायी मर्कामाः अध्यक्ष मल्ल

चरिकोट (दीस) ः चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले छिटो छिटो नीति परिवर्तन गर्दा व्यवसायी मर्कामा पर्ने गरेको बताउनु भएको छ । शनिवार सदरमुकाम चरिकोटमा चेम्बर अफ कमर्श दोलखाको पाँचौ साधारणसभाको उद्घाटन गर्नु हुदैँ मल्लले सरकारको नीति पाँच बर्षका लागि हुनु पर्नेमा हाम्रो देशमा तीन तीन महिनामा सरकारको नीति परिवर्तन हुने गरेको धारणा व्यक्त गर्नु भयो । सरकारले पहिला नीति बनाउँदा कसिलो बनाउने गरेको र पछि केही गाँठो फुकाए जस्तो गर्ने सरकारी नीतिका कारण व्यवसायी सधै अप्ठ्यारोमा पर्ने गरेको बताउदै अध्यक्ष मल्लले सरकार र उद्योगी व्यवसायी मिलेर काम गर्दा मात्र देशको हित हुने बताउनु भयो । अहिले देशमा आर्थिक संकट रहेको वेला वित्तिय संस्थाहरुले एकल व्याजदर कायम गर्नु पर्ने र त्यसका लागि सबै व्यवसायी एक ढिक्का हुनु पर्ने धारणा व्यक्त गर्नु भयो । अर्को प्रसंगमा उहाँले दोलखामा उत्पादन हुने कृषि उपजलाई बजारीकरण गर्न चेम्बर अफ कमर्श दोलखा र दोलखा उद्योग बाणिज्य संघ मिलेर काम गर्न सुझाब दिनु भयो । दोलखा पर्यटकीय जिल्ला भएको र यहाँ सम्भावना भएको क्षेत्रमा लगानी गर्न आफुहरु तयार रहेको बताउदै दोलखाका सरोकारवालालाई राम्रो परियोजना दिन समेत आग्रह गर्नु भयो । चेम्बर अफ कमर्श दोलखाका अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले उर्जा क्षेत्रमा लगानी गर्न व्यवसायीहरु लाई आग्रह गर्नु भयो । त्यसैगरी प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले नीजि क्षेत्र र सरकार मिलेर काम गर्नु पर्नेमा जोड दिनुभयो । दोलखा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष सुन्दर कार्कीले बित्तिय संस्थाले व्याजदर बढाउदा व्यवसायी मर्कामा पर्ने गरेकोले त्यो दर घटाउन स्थानीय स्तरमा आन्दोलन भए पनि व्यवसायिक संस्थाको केन्द्रमा नेतृत्व गर्नेले बेवास्ता गर्ने गरेको गुनासो गर्नु भयो । कार्यक्रममा राष्ट्रीय स्वतन्त्र पार्टी दोलखाका संयोजक दिनेश बस्नेत , राप्रपाका भानुभक्त शिवाकोटी ,दोलखामा उद्योग बाणिज्य संघका उपाध्यक्ष दिनेश पाठक , विमल श्रेष्ठ , नेपाल पत्रकार महासँघ उपाध्यक्ष श्रृजन कुमार घिमिरे , बस्तु संघमा अनिल रिजाल नेपाल , चेम्बर अफ कमर्श दोलखा वरिष्ठ उपाध्यक्ष विरशंकर शाही , महासचिब पाँडसिह पाँण्डेले आफ्नो मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा रेडियो भीमेश्वर , संचारकर्मी दीलसागर पौडेल , समाजसेवी ऋषि प्रसाद न्यौपाने , उत्कृष्ट सदस्य शिवलाल चौगागाई, र शिसिर फर्मलाई सम्मान गरिएको थियो । साधारण सभामा बार्षिक प्रतिवेदन सचिब रामकृष्ण श्रेष्ठ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजकुमार खड्काले प्रस्तुत गर्नु भएको थियो । चेम्बरको दोलखामा २०७४ सालमा स्थापना भएको हो । हाल चेम्बरमा २ सय सदस्य आबद्व रहेका छन् ।

Shares

Be the first to comment on "सरकारले छिटो नीति परिर्वतन गर्दा ब्यावसायी मर्कामाः अध्यक्ष मल्ल"

Leave a comment

Your email address will not be published.


*