दोलखाका उच्च भूभागमा हिमपात

चरिकोट(दीस)ः दोलखाका उच्च भूभागहरुमा हिमपात भएको छ । मंगलबार अपरान्हबाट हिमपात सुरु भएको हो ।
दोलखा जिल्लामा यो वर्षको पहिलो हिमपात भएको कालिञ्चोक स्थित होटल सुनपातिका संञ्चालक हरी ओलीले बताउनुभयो । कालिञ्चोकमा हिमपात सुरु भएसँगै कालिञ्चोक घुम्न आउने आन्तरिक पर्यटकहरु भिड लाग्ने गर्दछ । कालिञ्चोक क्षेत्रमा हिमपात भएपछि होटलहरु भरिभराउ हुने भएकोले होटल बुक गरेर मात्र कालिञ्चोक घुम्न आउन कालिञ्चोक कुरीका होटल ब्यावसायीहरुको सुझाब छ ।
कालिञ्चोकका अतिरिक्त दोलखाकोे अर्को महत्वपूर्ण पर्यटकीय स्थल शैलुङ क्षेत्रमा पनि हिमपात सुरु भएको शैलुङ गाउँपालिका कालापानीका होटल सञ्चालकहरुले जानकारी दिएका छन् । यस्तै दोलखाका उच्च भूभागहरु च्योर्दुङ, सिमिगाउँ, नाँ , बेदीङ लगायतका क्षेत्रहरुमा पनि हिमपात भएको बताईएको छ । जिल्लाका उच्च भूभागहरुमा हिमपात भएसँगै सदरमुकाम लगायतका क्षेत्रहरुमा चिसो बढेको छ ।

Shares

Be the first to comment on "दोलखाका उच्च भूभागमा हिमपात"

Leave a comment

Your email address will not be published.


*