अध्यक्षमा डम्बर थामी

चरिकोट(दीस)ः विज्ञान शिक्षक समाज कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा डम्बर बहादुर थामी चयन हुनु भएको छ । सोमबार सम्पन्न समाजको प्रथम अधिवेशनले उहाँलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्ष नविना जिरेल, सचिव बद्रिनारायण खत्री, सहसचिव रमेश कुमार शिवाकोटी तथा कोषाध्यक्षमा अनुका बस्नेत चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा जिवराज थामी, सुन्दर प्रकाश चौलागाई, रामकृष्ण पाण्डे, मिना थामी, ममता थामी तथा राम कुमार दहाल चयन हुनुभएको छ । समाजको प्रदेश अधिवेशन प्रतिनिधिमा देवी बहादुर कार्की र जिल्ला अधिवेशन प्रतिनिधिहरुमा पदममाया थामी, लिलावती थामी, रिदम कार्की, मिन बहादुर राउत र शुशिला पाण्डे चयन हुनुभएको विज्ञान शिक्षक समाज कालिञ्चोकले जनाएको छ ।

Shares

Be the first to comment on "अध्यक्षमा डम्बर थामी"

Leave a comment

Your email address will not be published.


*