राष्ट्रपति रनिङ शिल्ड माघ ९ देखि १३ गतेसम्म हुने

चरिकोट (दीस) ः यस बर्षको दोलखा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विगु गाउँपालिकाको सिंगटी हुने भएको छ । प्रतियोगिता माघ ९ गते देखि १३ गतेसम्म हुने छ । जिल्ला खेलकुद विकास समिति दोलखाको आयोजना र विगु गाउँपालिकाको व्यवस्थापनमा प्रतियोगिता संञ्चालन हुन लागेको जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रामहरी शिवाकोटीले जानकारी दिनु भयो । प्रतियोगितामा दोलखाका ९ स्थानीय तहका विद्यालयका ८ सय भन्दा बढी खेलाडीले भाग लिने पनि उहाँले जानकारी दिनु भयो । खेलको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Shares

Be the first to comment on "राष्ट्रपति रनिङ शिल्ड माघ ९ देखि १३ गतेसम्म हुने"

Leave a comment

Your email address will not be published.


*