दोलखामा सिंचाईका सम्झौता सम्पन्न भएका नौ मध्ये दुई योजना सम्पन्न, पाँच भुक्तानीको प्रकृयामा

नवराज शिवाकोटी,
चरिकोटः जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय दोलखा अन्तर्गत दोलखा जिल्लामा चाँलु आर्थिक वर्षको ६ महिनाको अवधिमा दुई योजना सम्पन्न भएका छन् भने चारको काम सम्पन्न भई भुक्तानीको चरणमा रहेका छन् । चाँलु आर्थिक वर्षमा जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय दोलखा अन्तर्गतका दोलखामा निर्माण गरिने योजना मध्ये नौ वटाको सम्झौता भएकोमा उक्त आयोजनाहरु सम्पन्न भएका हुन् ।
चालु आर्थिक वर्षमा प्रदेश सरकार तथा संंघिय सरकारबाट बजेट विनियोजन भएका दोलखा जिल्लामा कार्यान्वयन गरिने विभिन्न योजना मध्ये कुल नौ योजनाको सम्झौता भएकोमा दुई योजना सम्पन्न भएको जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय दोलखाका लेखा प्रमुख छत्र कटुवालले जानकारी दिनुभयो । यस्तै अन्य पाँच योजनाको काम पनि करिब सम्पन्न भई भुक्तानीको प्रकृयामा रहेको उहाँको भनाई रहेको छ । सम्पन्न भएका आयोजनाहरुमा मेलुङ गाउँपालिका वडा नम्बर सातमा रहेको सोह्रविसे–वटुले–धुर्वेडाँडा सिंचाइ मर्मत आयोजना तथा भीमेश्वर नगरपालिका वडा नम्बर सातमा रहेको साखिने पहिरो ब्यवस्थापन कार्ययोजना अन्तर्गतको काम सम्पन्न भएको जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय दोलखाले जनाएको छ ।
यसैगरी निर्माण सम्पन्न भई भुक्तानी प्रकृयामा रहेका पाँच योजना मध्ये विगु गाउँपालिका वडा नम्बर पाँच स्थित श्यालजंग बस्ती संरक्षण कार्यक्रम अन्तर्गत दुई प्याकेज, बैतेश्वर गाउँपालिका वडा नम्बर दुई तथा तीनमा पर्ने पुतलीकाठ–मिर्गे सिंचाई, यस्तै बैतश्वर गाउँपालिका गाउँपालिका वडा नम्बर सात स्थित सिमखेत–स्वाँरा–घर्तिनी सिंचाई तथा भीमेश्वर नगरपालिका वडा नम्बर एक स्थित बुमाखोला संरक्षण योजनाको काम पनि सम्पन्न भई भुक्तानीको चरणमा रहेको जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय दोलखाको भनाई रहेको छ ।
बागमती प्रदेश सरकार तथा संघिय सरकारबाट गरी साना–ठूला गरी कुल एकसय विस नयाँ तथा पुराना सिंचाई मर्मत योजनाहरुको लागि दोलखा जिल्लाका लागि चालु आर्थिक वर्षमा विनियोजन भई आएको छ । सम्झौता भएका आयोजनाको काम द्रूत गतिमा भएको तथा आगामी दिनमा कार्यालयले बाँकी योजना सम्झौतालाई द्रुत बनाई चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्नु पर्ने योजनाहरु सम्पन्न गर्ने कार्यालयको लक्ष्य रहेको कार्यालयले बताएको छ ।

Shares

Be the first to comment on "दोलखामा सिंचाईका सम्झौता सम्पन्न भएका नौ मध्ये दुई योजना सम्पन्न, पाँच भुक्तानीको प्रकृयामा"

Leave a comment

Your email address will not be published.


*