वैतेश्वर गाउँपालिकाको हिउँदे अधिवेशन ,संशोधित बजेट तथा कार्यक्रम चौधौं गाउँसभामा प्रस्तुत

चरिकोट (दीस)– दोलखाको वैतेश्वर गाउँपालिकाको चौधौं गाउँसभा तथा हिउँदे अधिवेशन शनिबारबाट सुरु भएको छ । पालिकाका अध्यक्ष छबी लामाको अध्यक्षतामा शनिबार उद्घाटन भएको चौधौं गाउँसभाले पुँजीगत तर्फका विभिन्न कार्यक्रम तथा बजेटलाई संशोधन गरेको छ। गाउँसभामा उपाध्यक्ष कल्पना उप्रेतीले करिब ४ करोड २५ लाख बराबरको संशोधित बजेट तथा कार्यक्रमलाई प्रस्तुत गर्नु भएको थियो । सभाले पुँजीगत तर्फ विभिन्न शिर्षकहरु शिक्षा,स्वास्थ्य,कृषि,सडक,भवन,गोरेटो बाटो,रोजगार,धार्मिक तथा पर्यटकीय क्षेत्र,खानेपानी,सँचार लगायतका क्षेत्रमा संशोधित बजेट विनियोजन गर्नका साथै सभाले आर्थिक विधेयकलाई समेत पारित गरेको वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो। संशोधित बजेट तथा कार्यक्रममा सबै वडालाई सम्मान हिसाबले कार्यक्रम वितरण गरिएको पालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष वैतेश्वर गाउँपालिकाले करिब ५० करोडको बजेट प्रस्तुत गरेको छ ।

Shares

Be the first to comment on "वैतेश्वर गाउँपालिकाको हिउँदे अधिवेशन ,संशोधित बजेट तथा कार्यक्रम चौधौं गाउँसभामा प्रस्तुत"

Leave a comment

Your email address will not be published.


*