जिरी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

चरिकोट (दीस): जिल्लाकाे जिरी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुने चालकमा जिरी नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय दावा शेर्पा रहेका छन् ।

दोलखाको जिरी नगरपालिका–४ स्थित सिउरानीको जंगलबाट काठको मुढा लिएर राम प्लाई उड फ्याक्ट्री जाँदै गरेको लु ३ त ६८८२ नम्बरको ट्याक्टर दुर्घटना भएकाे  प्रहरीले जानकारी दिएकाे छ ।दुर्घटना शुक्रबार बेलुका ५ बजे भएकाे थियाे।दुर्घटनामा परी गम्भीर घाइते शेर्पाकाे उपचार गर्न काठमाडौ लैजादै गर्दा बाटोमा मृत्यु भएको हाे ।

Shares

Be the first to comment on "जिरी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु"

Leave a comment

Your email address will not be published.


*