जिरी बजारलाई पुरानै लयमा फर्काउन मिलेर काम गर्नु पर्नेमा जोड

जिरी (दीस) ः नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जिरी बजारलाई पुरानै लयमा फर्काउन पर्ने बताउनु भएको छ । विहिबार दोलखाको जिरीमा आयोजित “हेमन्त प्रधान स्मृति कप २०८० भलिबल ”प्रतियोगिताको उद्घाटन गर्नु हुदै उहाँले सो बताउनु भएको हो । जिरीमा भएका सबै राजनैतिक दल एक जुट भई जिरीमा निर्माणधिन कृत्रिम ताल निर्माण गर्न लाग्नु पर्नेमा जोड दिनु हुँदै जिरीको पहिचानको लागि पर्यटकीय वातावरण निर्माण गरी सुन्दर पर्यटकीय नगरीको रुपमा विकास गर्नु पर्ने उहाँले बताउनु भयो । आन्तरिक तथा बाह्य पर्यटकलाई एक दिन मात्र जिरी राख्न सक्ने हो भने जिरी पुरानै लयमा फर्कने र सगरमाथाकोद्वाराको रुपमा चिनिने जिरी बजारको पुरानै साख फर्कने उहाँको भनाई रहेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवंम प्रदेश सभा १ सांसद कुन्दनराज काफ्लेले आफु दोलखाको विकासमा निरन्तर लागिरहेको बताउनु भयो । कार्यक्रममा आफ्नो मन्तब्य व्यक्त गर्नुहुँदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले हेमन्त प्रधानको परिवारलाई अब बन्ने टिआरसी विधेयक मार्फत न्याय दिनु पर्नेमा जोड दिनु भयो ।
नेपाली कांग्रेसका दोलखाका पार्टी सभापति बर्मा लामाले हेमन्त स्मृति कप भलिवल प्रतियोगिता सफल बनाउन सबै लाग्नु पर्ने बताउनु भयो  । हेमन्त दोलखाको शहिद भएकोले नेपाली कांगे्रस दोलखाले बर्षेनि स्मरण गर्दै नेविसंघले निःशुल्क कोचिङ कक्षा संचालन गरिरहेको उहाँको भनाई रहेको थियो । संघियता पछि दोलखालाई पछि पार्ने काम भएको बताउदै लामाले दोलखाबाट अन्यत्र सारिएका कार्यालयहरु दोलखामा नै पूनःस्थापना हुनु पर्नेमा जोड दिनु भयो । नेपाली कांग्रेसका दोलखाका पुर्व सभापति ताराबहादुर कोइरालाले नेपाली खेलाडीबाट राजनैतिक दलले अनुशासनको पाठ सिक्नु पर्ने बताउनु भयो । त्यसैगरी जिरी नगरपालिकाका मेयर मित्र जिरेलले आफूले अहिले भईरहेको भलिबल प्रतियोगितालाई सक्दो सहयोग गर्ने प्रतिबद्वता जनाउनु भयो । नेपाली कांगे्रस प्रदेश १ सभापति शुक्रराज तामाङको सभापतित्वमा भएको खेल उद्घाटन सत्रमा नेपाली काँग्रेसका नेता केशबराज चौलागाई, तारा खड्का, राकेश श्रेष्ठ लगायतका नेताहरुले आफ्नो मन्तब्य व्यक्त गर्नु भएको थियो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सुरु भएको प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिता पौष २९ गतेसम्म चल्ने छ  । भलिबल प्रतियोगिताका प्रथम हुने टिमलाई नगद २ लाख ,द्धितीय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमश १ लाख, ५० हजार र ३० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा दोलखा रामेछाप, सिन्धुली र चितवनको टिमले भाग लिएको आयोजकले बताएको छ ।

Shares

Be the first to comment on "जिरी बजारलाई पुरानै लयमा फर्काउन मिलेर काम गर्नु पर्नेमा जोड"

Leave a comment

Your email address will not be published.


*