नि:शब्द पृथ्वीनारायण

ईस्वर दहाल

धमाधम ढालिय शालिकहरु

क्रान्तिका नाममा

निरङकुशताका नाममा

सामन्ती र शोषकका नाममा

दलाल सामन्तका नाममा,

वर्गीय युद्धका नाममा

बेजोडले घन्नकिय नाराहरु युद्ध हाम्रो जारी छ!!

सामन्ती सत्ता मुर्दावाद !!

दलाल पुजीवादी सत्ता, खारेज गर !!

खारेज गर!

आक्रोस र आभेगमा कराय जत्थाहरु

भिड सामान्य बाट हुलदङ्गा

तिर तितरबितर भयो शालिक विच सडकमा ढलेको छ

न प्रतिउतर दिन सक्छ

न प्रतिकारमा उत्रिन नै

आज पृथ्वी जयन्ती

बिहानै निस्केको पृथ्वी लाई चढाउन

एक थुङ्गा फुल एक चिम्टि

अवीर साथै केही मनोभाव बोकेर

राष्ट्र र राष्ट्रियता खातिर लडेका

पृथ्वीनारायण को वीर गाथा समझेर नि शब्द छु

शालिक ढाल्दैमा इतिहास कुल्चिदैमा

के उनलाई बिर्सन सकिन्छ र

टुक्राटुक्रा राज्यलाई

एउटै फुलको माला बुन्ने सियोलाइ

माला बनिसक्दा बिर्सन सकिन्छ र

तिम्रा मुक्ति का खातिर

जनयुद्ध ठिक

राष्ट्रिय एकताका लागि एकीकरण बेठीक

हुन्छ र महासाय !

Shares

Be the first to comment on "नि:शब्द पृथ्वीनारायण"

Leave a comment

Your email address will not be published.


*