तामाकोशी गाउँपालिकाको केन्द्र मानेडाँडा तोकियो

चरिकोट(दीस)ः तामाकोशी गाउँपालिकाको केन्द्र माने डाँडा तोकिएको छ । मंगलवार सम्पन्न गाउँसभाले दुई तिहाई मतले मानेडाँडालाई पालिका केन्द्र तोकेको हो । बुधवारबाट सुरु भएको गाउँ सभाले विभिन्न प्रस्ताब मध्ये वडा नं ३ को जफे मानेडाँडालाई दुईतिहाई बहुमतले अनुमोदन गरेको तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप के.सीले बताउनु भयो । मानेडाँडालाई केन्द्र तोकियोस भन्ने प्रस्ताव वडा नम्बर तीनका वडाध्यक्ष रामप्रसाद काफ्लेले राख्नु भएको थियो । कुल ३८ मत खसेकोमा उहाँको प्रस्तावको पक्षमा २९, हुन्न भन्नेमा ५ , बदर २, खाली २ मत परेको थियो । जुन कुल गाउँसभा सदस्य संख्याको दुईतिहाई भन्दा पनि बढी हो । तामाकोशी गाउँपालिकाले केन्द्र तोकेसँगै दोलखाका सबै स्थानीय तहको स्थाई केन्द्र निश्चित भएकोछ ।

Shares

Be the first to comment on "तामाकोशी गाउँपालिकाको केन्द्र मानेडाँडा तोकियो"

Leave a comment

Your email address will not be published.


*