क्रिकेटर लामिछानेलाई ८ वर्ष जेल सजाय तोकियो

काठमाडौं ः जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय सुनाएको छ । बुधबार अदालतले गरेको फैसालामा सो कैद सहित पीडितलाई ५ लाख रूपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत काठमाडौ जिल्ला अदालतका सूचना अधिकारी चन्द्र पन्थी जानकारी दिनु भयो । अदालतको फैसालामा ‘परिवर्तित नाम गौशाला २६ को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था, प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असरसमेतलाई विचार गर्दा प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङं )बमोजिम ८ वर्ष कैद र दफा २१९ (३) (क) बमोजिम रु ३ लाख जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असरलाई विचार गर्दा दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना रु ३ लाख र थप दुई लाख रकम क्षतिपूर्तिवापत प्रतिवादीबाट पिडितलाई भराइ दिने ठहर्छ ।” अदालतको आदेशमा भनिएको छ । लामिछाने विरुद्व परेको उजुरीको सुनुवाई गर्दै काठमाडौ जिल्ला अदालतका न्यायाधिश शिसिर ढकालको एकल इजालसल लामिछानेलाई पुस १३ गते नै दोषी ठहर गरेको भए पनि अदालतले ३ बर्ष भन्दा माथिको सजाय तोक्न अर्को पेसीमा तोक्नु पर्ने भएकाले बुधबार मात्र लामिछानेको सजाय निर्धारण गरिएको थियो ।
लामिछानेविरुद्ध २०७९ भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको पीडितले जाहेरी दिनु भएको थियो । पीडित गौसाला २६ ले २०७९ भदौ २१ गते आफु माथि बलात्कार गरेको भन्दै प्रहरी समक्ष उजूरी दिनु भएको थियो ।

Shares

Be the first to comment on "क्रिकेटर लामिछानेलाई ८ वर्ष जेल सजाय तोकियो"

Leave a comment

Your email address will not be published.


*