ब्यावसायिक पशुपालक कृषकलाई उन्नत जातको घाँसको विउ उपलब्ध गराईने

चरिकोट(दीस)ः विगु गाउँपालिकाले कृषकहरुलाई उन्नत जातका घाँसको विउ वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार घाँसको विउ वितरण गर्ने भएको हो ।
चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार गाउँपालिका भित्रका ईच्छुक ब्यावसायिक गाई पालक तथा भैंसी पालक कृषकहरुलाई विउ वितरण गर्न दर्खास्त आह्वान गरिएको विगु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठले जानकारी दिनुभयो । छनोटमा परेका ब्यावसायिक कृषकहरुलाई जै तथा वर्सिम घाँसको विउ उपलब्ध गराईने उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "ब्यावसायिक पशुपालक कृषकलाई उन्नत जातको घाँसको विउ उपलब्ध गराईने"

Leave a comment

Your email address will not be published.


*