दोलखाका दुई जनाद्वारा राष्ट्रिय सभा सदस्यका लागि उमेद्वारी दर्ता

चरिकोट(दीस)ः दोलखाका दुई जनाको राष्ट्रिय सभा सदस्यका लागि उमेद्वारी परेको छ । नेकपा एमाले तथा नेकपा एकिकृत समाजवादीको तर्फबाट गरी दुई जनाको उमेद्वारी परेको हो ।
दोलखाकोको बैतेश्वर गाउँपालिकाकी रोचकुमारी चौंलागाईं को नेकपा एमाले बाट तथा भीमेश्वर नगरपालिकाका घनश्याम रिजालको नेकपा एकिकृत समाजवादीको तर्फबाट बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उमेद्वारी परेको हो । सोमबार उहाँहरुले राष्ट्रिय सभा सदस्यको लागि मनोनयन दर्ता गर्नुभएको संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते हुँदैछ । नेपालको वर्तमान संविधानमा भएको ब्यवस्था अनुसार राष्ट्रिय सभाका एक तिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा रिक्त हुने गर्दछ ।

Shares

Be the first to comment on "दोलखाका दुई जनाद्वारा राष्ट्रिय सभा सदस्यका लागि उमेद्वारी दर्ता"

Leave a comment

Your email address will not be published.


*