दुई दिने तालिम सम्पन्न

चरिकोट(दीस)ः मेलुङ गाउँपालिकाको सितलीका कृषकहरुलाई दिइएको दुई दिने माछा पालन सम्बन्धि तालिम सम्पन्न भएको छ । शुक्रवारबाट सुरु भएको तालिम शनिवार सम्पन्न भएको हो ।
मेलुङ गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा सामुदायिक विकास मञ्च नेपाल द्वारा संचालित मेलुङ कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत सितली का कृषक हरुलाई २ दिने माछा पालन तालिम दिइएको मेलुङ गाउँपालिकाका प्रबक्ता नवराज खड्काले जानकारी दिनुभयो । युवालाई गाउँमै रोजगार दिने उद्धेश्यले १२ जना युवाहरुलाई मत्स्य पालन तालिमको व्यवस्था गरिएको प्रबक्ता खड्काको भनाई छ । मेलुङ गाउँपालिका वडा नम्बर सातको सितली क्षेत्र माछा पालनको लागि उपयुक्त वातावरण भएकाले यसको अध्ययन अनुसन्धान गरेरै मत्स्य पालन तालिम गरिएको बताइएको छ । सितलिको माटो, पानी र जमिन माछा पालनको लागि उपयुक्त रहेको तालिमका प्रशिक्षक डाक्टर ज्ञान बहादुर जिरेलले बताउनु भयो ।

Shares

Be the first to comment on "दुई दिने तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*