तामाकोशी नदीको विचमा फसेका एक जनाको उद्धार

चरिकोट(दीस)ः तामाकोशी नदीको विचमा फसेका ५० वर्षीय लालमान तामाङको उद्धार गरिएको छ । करिब एक घण्टा नदीको विचमा फसेका तामाङको शनिवार उद्धार गरिएको हो ।
करिब एक घण्टा नदीको विचमा फसेका तामाङको स्थानीय जनप्रतिनिधि, नेपाली सेना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना लगायतको संयुक्त प्रयासमा उहाँको उद्धार गरिएको गौरिशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो । तामाकोशी नदीको बहावमा परिवर्तन भइरहने भएकोले नदी आसपास नजान पनि उहाँले आग्रह गर्नु भएको छ ।

Shares

Be the first to comment on "तामाकोशी नदीको विचमा फसेका एक जनाको उद्धार"

Leave a comment

Your email address will not be published.


*