“वडाअध्यक्ष कप”को उपाधि बैतेश्वर माविलाई

चरिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिका वडा नंं ५ मा भएको “वडाअध्यक्ष कप” को उपाधि बैत्यश्वर माविले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा द राइजिङ स्टार स्कुललाई १–० गोल अन्तरले हराउदै बैतेश्वरले उपाधि जितेको हो । वडा नं ५ को आयोजनमा भएको यस प्रतियोगितमा सेमिफाइनमा पुगेका कालिञ्चोक माध्यमिक विद्यालय र अल्पाइन पब्लिक स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् । खेलमा प्रथम भएको बैतेश्वरले नगद ७५ हजार दोस्रो भएको द राइजिङ स्टारले नगद ३५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए  । खेलमा सान्त्वना स्थान हासिल गरेको कालिञ्चोक माध्यमिक विद्यालय र अल्पाइन पब्लिक स्कुलले नगद १० हजार रुपैयाँ प्राप्त गरेका थिए । प्रतियोगितामा सर्वाधिक गोल कर्ता राइजिङ स्टार स्कुलका अशोक थापा,उत्कृष्ट किपर बैत्यश्वरका सनिदेवा तमाङ र उत्कृष्ट किपरको उपाधि वैत्यश्वरकै अशिम विक घोषित हुनु भएको थियो । विजेता टिम तथा खेलाडीलाई नेकपा एमालेका केन्द्रीय सदस्य रचना खड्का ,भीमेश्वर नगरपालिका नगर प्रमुख ईश्वर नारायण मानन्धरले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगितमा दोलखाका १९ विद्यालयको सहभागिता रहेको आयोजककले बताएको छ ।

Shares

Be the first to comment on "“वडाअध्यक्ष कप”को उपाधि बैतेश्वर माविलाई"

Leave a comment

Your email address will not be published.


*