आमाको हत्याको आरोपी पक्राउ

चरिकोट(दीस)ः कालिञ्चोक गाउँपालिका वडा नम्बर तीनका दिपक बुढाथोकी आफ्नै आमाको हत्या आरोपमा पक्राउ परेका छन् । हत्या अरोपी बुढाथोकीलाई सोमबार प्रहरीले चरिकोट स्थित नयाँबसपार्कबाट पक्राउ गरेको हो
हत्या आरोपी बुढाथोकीले पुष १० गते आमा कृष्णमायाँ बुढाथोकीलाई कुटपिट गरी ४० हजार नगद सहित घरबाट हिँडेका थिए । पुष १३ गते शुक्रवार आमा कृषणमाया मृत अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । यस बारेमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ ।

Shares

Be the first to comment on "आमाको हत्याको आरोपी पक्राउ"

Leave a comment

Your email address will not be published.


*