दोलखा काँग्रेसले मनायो मेलमिलाप दिवस

चरिकोट (दीस)ः नेपाली काँग्रेस दोलखाले ४८ औंँ मेल मिलाप दिवस मनाएको छ । सोमबार पार्टी कार्यालय चरिकोटमा सो दिवस मनाइएको हो ।
मेलमिलाप दिवसको उपलक्ष्यमा मेलमिलाप नीतिका प्रणेता विश्वेश्वरप्रसाद कोइरालाको तस्विरमा माल्यार्पण गरिनुका साथै चियापान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेस दोलखाका पार्टी सभापति बर्मा लामा, नेकपा एमाले दोलखाका नेता राजेन्द्र मानन्धर , नेकपा माओवादी केन्द्रका नेता नरबहादुर पाख्रीन, नेकपा समाजवादीका नेता अशोक दहाल, राप्रपा दोलखाका नेता विष्णु श्रेष्ठ लागायतको उपस्थिति रहेको थियो । नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किनुभएको दिनको सम्झनामा नेपाली कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।

Shares

Be the first to comment on "दोलखा काँग्रेसले मनायो मेलमिलाप दिवस"

Leave a comment

Your email address will not be published.


*