दोलखा महोत्सव उद्घाटन गर्न प्रधान मन्त्री आज दोलखा आउँदै

चरिकोट(दीस)ः बृहत दोलखा महोत्सव २०८० को उद्घाटन गर्न प्रधानमन्त्री पुष्प कमल दहाल आज दोलखा आउँदै हुनुहुन्छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको दश दिने महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री दोलखा आउन लाग्नु भएको हो ।
आज भीमेश्वर रंगशालामा प्रधानमन्त्रीले उद्घाटन गरेपछि विधिवत रुपमा महोत्सव सुरु हुने दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव दश दिन सम्म सञ्चालन हुने छ ।

Shares

Be the first to comment on "दोलखा महोत्सव उद्घाटन गर्न प्रधान मन्त्री आज दोलखा आउँदै"

Leave a comment

Your email address will not be published.


*