पिसानी मिल सहयोग

चरिकोट(दीस)ः बैदेशिक रोजगारीका सिलसिलामा मलेसियाको एक कम्पनीमा दुर्घटना हुँदा हात गुमाएका दुर्गा थामीलाई जिविकोपार्जनका लागि पिसानी मिल सहयोग गरिएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर एकका २३ वार्षिय थामीलाई नामसालिङ सामुदायिक विकास केन्द्रले विद्युतिय पिसानी मिल सहयोग गरेको हो ।
उक्त मिल आफ्नो समुदायमा अन्न पिस्ने प्रयोजनका लागि प्रयोग गरी जसबाट प्राप्त ज्यालाबाट आयआर्जन गर्न सकुन भन्ने उद्देश्यले मिल उपलब्ध गराइएको नाम्सालिङका जिल्ला संयोजक राजन केसीले जानकारी दिनुभयो । विद्युतबाट चल्ने उक्त मिल गाउँघरमै चल्ने भएपछि स्थानीय बासिन्दालाई समेत सहज भएको कालिञ्चोक १ का वडाअध्यक्ष पदम थामीले बताउनु भयो ।
मिल सहयोग पाएपछि अन्न पिसेवापत त्यसबाट प्राप्त ज्यालाले घरपरिवार पाल्न सहयोग पुग्ने भन्दै दुर्गाले खुसी व्यक्त गर्दै सहयोगि संस्थालाई धन्यवाद दिनुभएको छ ।

Shares

Be the first to comment on "पिसानी मिल सहयोग"

Leave a comment

Your email address will not be published.


*