मेलुङ गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड डाँडाखर्क माविलाई

चरिकोट(दीस)ः मेलुङ गाउँपालिकाको तेस्रो राष्ट्रपति शिल्ड डाँडाखर्क माविले जितेको छ । डाँडाखर्क माविको यो जित तेस्रो जित हो ।
प्रतियोगितामा त्रिभुवन मावि द्वीतिय भएको थियो भने लक्ष्मी मावि घ्याङले तृतीय स्थान प्राप्त गरेको थियो । खेल त्रिभुवन मावि मेलुङको ब्यवस्थापनमा मेलुङ गाउँपालिका वडा नम्बर छ को टुँडिखेलमा भएको थियो । आइतवार सम्पन्न पुरस्कार वितरण समारोहमा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले विजयीहरुलाई शिल्ड,मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड डाँडाखर्क माविलाई"

Leave a comment

Your email address will not be published.


*