लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष नेपाल

चरिकोट(दीस) ः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालले देशमा लोकतन्त्र विकल्प राजन्त्र हुन नसक्ने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा एकीकृत समाजवादी दोलखाको १० औँ जिल्ला अधिवशेनको शनिबार उद्घाटन गर्नु हुँदै नेता नेपालले सो कुरा बताउनु भएको हो ।
राजतन्त्र निरंकुश शासन व्यवस्था भएको नेपाली जनताले राजतन्त्र स्वीकार नगर्ने बताउँदै अध्यक्ष नेपालले अहिलेको शासन व्यवस्था मन नपराउने समुहलाई चुनाब लडेर शासन व्यवस्थामा परिवर्तन ल्याउन चुनौति दिनु भयो । अहिले भएको लोकतान्त्रिक व्यवस्थामा कमजोरी भए यस भित्र रहेको कमी कमजोरीलाई सुधार गर्नु पर्ने उहाँको भनाई थियो ।
“हामी अहिले एकल पार्टीको शासन व्यवस्था सोच्न पनि सक्तैनौँ ” अध्यक्ष नेपालले भन्नु भयो “ यदि यस्तो सोचियो भने जनताले पत्याउन सक्तैनन् र सोही कारण प्रतिष्पर्धाको राजनीतिलाई अंगाल्नु पर्दछ ” । नयाँ पार्टी प्रति लक्षित गर्दैैै अध्यक्ष नेपालले केही राजनैतिक पार्टीले शासन व्यवस्थाप्रति भ्रम फैलाउने काम गरेको बताउनुभयो । उहाँले ती पार्टीमा शासन व्यवस्थाको कुनै दृष्टिकोण नभएको आरोप पनि लगाउनु भयो । अर्को प्रसंगमा उहाँले पार्टीका नेता तथा कार्यक्रतालाई गाँउ गाँउमा गएर पार्टी निर्माणमा लाग्न निर्देशन दिनु भयो । अब शहरमा बसेर नेता हुन कठिन भएको भन्दै वडातहसम्म संगठन निर्माणमा लाग्न उहाँले आग्रह गर्नु भयो । अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै दोलखाबाट निर्वाचित प्रतिनिधी सभाका सांसद गंगा कार्कीले अब देशमा समाजबादको बहस गर्नु पर्ने अबस्था आएको बताउनु भयो  । उहाँले प्रगतिसिल शक्ति मिलेर देश निर्माण गर्नु पर्ने बताउनु भयो । नेपाली कागं्रेसका केन्द्रीय सदस्य एबंम दोलखा प्रदेश १ का सांसद कुन्दनराज काफ्लेले अहिले लोकतन्त्र माथि नै खतरा उत्पन्न हुने गरी केही समुह लागेको बताउदै सबै मिलेर यस्ता शक्तिलाई परास्त गर्नु पर्ने बताउनु भयो । उद्घाटन कार्यक्रममा जिसस प्रमुख बर्जुराम घतानी, नेपाली कांगे्रसका नेता केशब चौंलागाई , राप्रपाका कोषाध्यक्ष विरशंकर शाही लगायतका नेता तथा कार्यक्रताले अधिबेशनमा शुभकामना ब्यक्त गर्नु भएको थियो । अधिवेशनको बन्दसत्रले जिल्लाको नयाँ नेतृत्वको समेत चयन गर्ने एकीकृत समाजवादी दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष नेपाल"

Leave a comment

Your email address will not be published.


*