काठमाडौँ, ३० मङ्सिर : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा ठगी गरेको आरोपमा युएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ । सर्लाही साविक जानकीनगर गाविस–७ का कोमलराज उपाध्यायलाई पक्राउ गरेर नेपाल ल्याइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार ठगी आरोपमा अदालतबाट निजविरुद्ध पक्राउ पूर्जी जारी भएकाले युएईमा पक्राउ गरेर सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको हो । उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विसं २०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको प्रवक्ता तथा प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “सेक्युरिटीमा आकर्षक तलब र सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई भिजिट भिसामार्फत दुबई बोलाएको तथा रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जना पीडितले उनीविरुद्ध जाहेरी दिएका छन् ।”––– (रासस)
ठगी आरोपितलाई युएईबाट पक्राउ गरेर नेपाल ल्याइयो
Posted By: दीक्षण दैनिक ३० मंसिर २०८०, शनिबार २१:१०
६ आश्विन २०८१, आईतवार १२:०८
तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्या समाधान गर्न दोलखाका राजनैतिक दल सहमत
६ आश्विन २०८१, आईतवार १३:०६
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
६ आश्विन २०८१, आईतवार १५:५३
मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुदाँ एककाे मृत्युु
६ आश्विन २०८१, आईतवार १२:३३
सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड
६ आश्विन २०८१, आईतवार १७:४१
२०८१ असोज ६ गतेको इपेपर पढ्नुहोस
६ आश्विन २०८१, आईतवार १२:२४
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
७ आश्विन २०८१, सोमबार ०७:२५
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
६ आश्विन २०८१, आईतवार १४:३३
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
६ आश्विन २०८१, आईतवार १३:५१
प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता
६ आश्विन २०८१, आईतवार १०:४६
Be the first to comment on "ठगी आरोपितलाई युएईबाट पक्राउ गरेर नेपाल ल्याइयो"