९० प्रतिशत अनुदानमा किवीका विरुवा वितरण गरिने

(दीस)ः बैतेश्वर गाउँपालिकाले स्थानीय कृषकहरुलाई ९० प्रतिशत अनुदानमा किवी फलका ग्राफ्टेड विरुवा उपलब्ध गराउने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार किसानहरुलाई अनुदानमा किवीका विरुवा उपलब्ध गराउने भएको हो । गाउँपालिकाले स्थानीय कृषक, कृषि समूह, कृषि फम तथा कृषक सहकारीहरुलाई आवश्यक कागजात सहित आवेदन दिन सूचना प्रकाशित गरिएको बैतेश्वर गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञावलीले जानकारी दिनुभयो । छनोट भएकाहरुलाई विरुवा खरिदकालागि ९० प्रतिशत गाउँपालिकाले अनुदान दिने तथा १० प्रतिशत कृषकले लगानी गर्नु पर्ने उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "९० प्रतिशत अनुदानमा किवीका विरुवा वितरण गरिने"

Leave a comment

Your email address will not be published.


*