दोलखाको मेलुङमा रहेको गाउँघर सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको १२ औँ साधारणसभा सम्पन्न

चरिकोट(दीस) ःदोलखाको मेलुुङमा रहेको गाउँघर सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको १२ औँ साधारणसभा सम्पन्न भएको छ । बुधबार सहकारीको मुख्य कार्यालयमा भएको साधारण सभाको कृषि तथा पशुपंक्षि विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्नु हुँदै मन्त्री डा. श्रेष्ठले कृषि उत्पादनमा बृद्धि, घरेलु तथा साना उद्योगको विकास तथा स्थानीय स्तरमा रोजगारी सृजना गर्ने कुरामा स्थानीय पालिकाहरुसंगै सबै क्षेत्रको सहभागिता आवश्यक रहने बताउनु भयो । सहकारीलाई रोजगारी तथा उत्पादन हुने क्षेत्रमा लगानी मन्त्री श्रेष्ठले सुझाब दिनु भयो । अहिले केही शक्तिले लोकतान्त्रिक गणतन्त्र माथि प्रश्न उठाउने गरेको भएपनि यो व्यवस्थाको विकल्प अरु कुनै पनि व्यवस्था नरहेको उहाँको भनाई छ । सो पालिकाका प्रमुख हिरा थोकरले कृषि तथा पशुपालको क्षेत्रलाई उत्पादन मूलक र रोजगारी मूलक बनाउने कुरामा पालिकाको पूर्ण सहयोग रहेको उल्लेख गर्नुहुदै किसानहरुलाई पालिकाको तर्फबाट आवश्यक कृषि प्रविधि, प्राविधिक सहयोग र विउ– विजनहरु समेत उपलब्ध गराउदै आएको बताउनु भयो । गाँउघर साना किसान कृषि सहकारी संस्था लि.मेलुङका अध्यक्ष श्रीराज पोखरेलले सहकारीले व्यवसायिक क्षेत्रमा लगानी गर्दै आएको र गाँउघरमा नै बसेर उद्यम गर्ने सदस्यलाई ५० लाखसम्म लगानी गर्ने बताउनु भयो । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य गोपाल न्यौपाने, केन्द्रीय अनुशासन आयोग विभागका सदस्य रविन्द्र कार्की, मेलुङ गाँउपालिकाका उपाध्यक्ष गायत्री आचार्य, वडा नम्बर– ६ को वडा अध्यक्ष कुसुम लामा, नेकपा एकिकृत समाजवादी मेलुङ पालिका कमिटी अध्यक्ष ललितवहादुर वस्नेत, गाँउघर साना किसान कृषि सहकारी संस्था लिका उपाध्यक्ष सन्तोष श्रेष्ठ, गाँउघर साना किसान कृषि सहकारीका प्रबन्धक भुप प्रसाद चाँपागाई लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

Shares

Be the first to comment on "दोलखाको मेलुङमा रहेको गाउँघर सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको १२ औँ साधारणसभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*