नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दोलखा जिल्ला शाखाको आयोजनामा पत्रकारीता तालिम सम्पन्न

चरिकोट (दीस) ः सदरमुकाम चरिकोटमा पाँच दिने खोज तथा डिजिटल पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दोलखा जिल्ला शाखाको आयोजनामा भएको तालिम आईतवार सम्पन्न भएको हो ।
तालिम भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्नु हुँदै भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न आग्रह गर्नु भयो । पत्रकारीता क्षेत्रले समाजमा भएका विकृति विसंगति विरुद्ध खवदारी गर्ने भएकाले खोज पत्रकारीता गर्न सहभागिलाई उहाँले सु्झाब दिनु भयो । फोनिज दोलखाका अध्यक्ष अर्जुन पाख्रीनको अध्यक्षता सम्पन्न भएको समापन कार्यक्रममा नेपाल पत्रकार महासँघ दोलखा शाखाका पुर्व अध्यक्ष जीवन लामा , उपाध्यक्ष श्रृजन कुमार घिमिरे ,सचिब दिलसागर पौडेल , रेडियो भीमेश्वरका स्टेशन मेनेजर गोर्कण प्रसाद भण्डारी लगायतले आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो । तालिममा दोलखाका २५ जना प्रशिक्षार्थी पत्रकारहरुको सहभागिता रहेको आयोजकले बताएको छ ।

Shares

Be the first to comment on "नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दोलखा जिल्ला शाखाको आयोजनामा पत्रकारीता तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*