एमाले दोलखाले आज बृहत जनसभा गर्दै

चरिकोट (दीस) ः “समृद्धिको लागि संकल्प यात्रा” अन्र्तगत नेकपा एमालेले दोलखा सरमुकाम चरिकोटमा आज बृहत सभा गर्दै छ । बृहत सभालाई एमालेका अध्यक्ष के.पी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले ले जनाएको छ । अध्यक्ष ओली आउने भएपछि एमाले दोलखाले जिल्लाका १४ स्थानमा स्वागतद्वार निर्माण गरेको छ । ओलीको स्वागतमा चरिकोट बजारको समेत सरसफाई गरिएको छ । एमालेले जिल्ला भरका नेता कार्यकर्ता तथा सर्वसाधारणलाई सभामा आउन आग्रह गरेको छ । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नारा सहित सुरु भएको नेकपा एमालेको १९ दिने कार्यक्रमको अन्तर्गतको यस कार्यक्रमलाई सबैले सहयोग गर्नु पर्ने नेकपा एमाले जिल्ला अधिवेशन आयोजक समतिका संयोजक नरबहादुर श्रेष्ठले बताउनु भयो । सिन्धुपाल्चोक र दोलखाको सीमाना रहेको भीमेश्वर नगरपालिकाको प्रवेशद्वारामा नै अध्यक्ष केपी शर्मा ओली सहितको टोलीलाई भव्य स्वागत गर्ने कार्यक्रम रहेको नेकपा एमाले दोलखाले जनाएको छ । अध्यक्ष सहितको टोलीलाई खरिढुङ्गामा खानाको व्यवस्था गरिएको बताइएको छ । जिल्लाको खरिढुङगा,बोच,मकैबारी हुदैँ भीमेश्वर नगरपालिका वडा नम्वर ६ का विभिन्न स्थानहरुमा ओली सहितको टोलीलाई स्वागत गरिने अध्यक्ष श्रेष्ठले भनाई रहेको छ । यो यात्रा दोलखको बिकासमा सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो । चरिकोटको बृहत सभा पछि जिल्लाका अन्य ठाँउमा स्वागत गरिने बताइएको छ । नेकपा एमालेको संकल्प यात्रा सुदूरपश्चिम बैतडीको झुलाघाटबाट सुरु भई मध्य पहाडी पुष्पलाल लोक मार्गहुँदै पाँचथरको चिवाभञ्ज्याङमा गएर टुंगिने छ ।

Shares

Be the first to comment on "एमाले दोलखाले आज बृहत जनसभा गर्दै"

Leave a comment

Your email address will not be published.


*