भीमेश्वर नगरपालिका वडा नम्बर तीनले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुका विउ वितरण गर्ने

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर तीनले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुका विउ वितरण गर्ने भएको छ । वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडाले किसानहरुलाई आलुको विउ वितरण गर्ने भएको हो ।
वडा भित्रका कृषक, कृषक समुह, कृषि फम, कृषि सहकारी लगायतलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको आलुको विउ वितरण गर्न लागिएको वडाध्यक्ष हरिसरण शिवाकोटीले जानकारी दिनुभयो । प्रतिकृषक ३० केजी आलुको विउ पचास प्रतिशत अनुदानमा उपलब्ध गराईने अध्यक्ष शिवाकोटीको भनाई रहेको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिका वडा नम्बर तीनले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुका विउ वितरण गर्ने"

Leave a comment

Your email address will not be published.


*