राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य

चरिकोट(दीस)ः सामाजिक सुरक्षा भत्ता लिनका लागि योग्य लाभग्राहीको विवरण प्रविष्टी गर्न राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता विवरण प्रणालीलाई त्रुटिरहित बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने भएको हो ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै १६ वर्ष माथिका नयाँ लाभग्राहीको नाम प्रविष्टी गर्दा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य उल्लेख गर्नु पर्ने ब्यवस्था गरिएको जनाएको छ । कतिपय स्थानीयतहहरुले राष्ट्रिय परिचय पत्र नम्बर को ठाउँमा काल्पनी क १० नम्बर राखि प्रविष्टी गर्ने गरेको ले तत्काल लाभग्राही लाई राष्ट्रिय परिचयपत्रको विवरण भर्नलगाई वास्तविक परिचय पत्र नम्बर मात्र राख्न गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका शाखा अधिकृत समीर भण्डारीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

Shares

Be the first to comment on "राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य"

Leave a comment

Your email address will not be published.


*