जिल्ला सहकारी संघ दोलखाको निर्वाचन मंसिर २३ गते

चरिकोट(दीस)ः जिल्ला सहकारी संघको सञ्चालक समितिको निर्वाचन मंसिर २३ गते हुने भएको छ । बुधवार बसेको निर्वाचन उपसमितिको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै उक्त दिन निर्वाचन हुने बताएको हो ।
निर्वाचन उपसमितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार मंसिर २३ गते नैं मतदाता नामावली प्रकाशन देखि मतदान सम्मको कार्य सम्पन्न गरिने छ । सदस्य पदकालागि आरक्षण गरिएको क्षेत्रहरुबाट सदस्यकालागि आवेदन नपरेमा सो पद समेत स्वतः खुल्ला तर्फ जाने निर्वाचन उपसमितिका संयोजक सरोज उप्रेतिले जानकारी दिनुभयो । अध्यक्ष सहित बरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचीव, सचिव कोषाध्यक्ष तथा सदस्यहरु सहित कुल १७ पदका लागि निर्वाचन हुने निर्वाचन उपसमितिले जनाएको छ । यसैगरी लेखा सुपरिबेक्षण समितिमा लेखा संयोजक सहित तीन जनाको निर्वाचन हुने छ ।

Shares

Be the first to comment on "जिल्ला सहकारी संघ दोलखाको निर्वाचन मंसिर २३ गते"

Leave a comment

Your email address will not be published.


*