पुषमा दोलखा महोत्सव हुने

चरिकोट(दीस)ः दोलखा सदरमुकाम चरिकोटमा बृहत दोलखा महोत्सवको आयोजना हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुष १३ गते देखि २२ गते सम्म बृहत दोलखा महोत्सवको आयोजना हुने भएको हो ।
महोत्सब १० दिनसम्म चल्ने छ । स्थानीय उत्पादको बजारीकरण, जिल्लाका ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचार प्रसारका लागि महोत्सवको आयोजना गर्न लागिएको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा दोलखामा उत्पादित सामग्रीहरुको स्टलहरु राखिनुका साथै हर्ष राइडिङ, विभिन्न प्रकारका मनोरञ्जनात्मक खेल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरु, लोकगीत प्रतियोगिता, जातीय भेषभुषाको प्रदर्शनी, उत्कृष्ट कृषक तथा उद्यमी सम्मान, दोलखा रत्नहरुको सम्मान लगायतका कार्यक्रमहरु राखिएको दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेस उपे्रतीको भनाई रहेको छ । दोलखालाई महत्वपूर्र्ण आन्तरिक तथा बाह्य पर्यटकीय गन्तब्यको रुपमा चिनाउन महोत्सव गर्न लागिएको उपे्रतीले बताउनु भयो । महोत्सवमा विशेष गरी दोलखाका स्थानीय उत्पादनका स्टलहरु राख्न विशेष प्रोत्साहन दिइने आयोजकले बताएको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहालले गर्ने तयारी भईरहेको आयोजक संस्थाले बताएको छ ।

Shares

Be the first to comment on "पुषमा दोलखा महोत्सव हुने"

Leave a comment

Your email address will not be published.


*