क्याविनेट बैठक चरिकोटमा

चरिकोट(दीस)ः लायन्स क्लब ईन्टरनेसनल अन्तर्गत डिस्ट्रिक्ट ३२५ डि नेपालको ऐतिहासिक बैठक दोलखाको सदमुकाम चरिकोटमा सम्पन्न भएको छ । मानव सेवालाई प्राथमिकतामा राखी गतिविधि गर्ने क्लबको दोस्रो क्याबिनेट बैठक शनिबार सम्पन्न भएको हो । सदरमुकाम चरिकोटमा भएको बैठकको उद्घाटन भिमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेयर मानन्धरले दोलखामा बैठक राखेर जिल्लाको गरिमा बढाइदिएकोमा आयोजकलाई धन्यबाद ब्यक्त गर्दै दोलखामा लगानी गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता लाईन्सका डिष्ट्रिक गर्भनर रमेश कुमार लामाले गर्नुुभएको थियो । दोलखामा पर्यटन प्रर्वधन होस भनेर लायन्स क्लबले चरिकोटमा बैठक राखेको लायन्स क्लब अफ् दोलखाका अध्यक्ष दीपेन्द्र शाक्यले जानकारी दिनु भयो

Shares

Be the first to comment on "क्याविनेट बैठक चरिकोटमा"

Leave a comment

Your email address will not be published.


*