अपाङ्गमैत्री संरचना बनाउनु पर्नेमा जोड

्चरिकोट (दीस) ः सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय अपाङग मैत्री हुनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाको आयोजनामा चरिकोटमा शनिबार भएको एक दिने अभिमुखीकरण कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले नगरपालिकामा अब बन्ने भौतिक संरचना अपाङ्ग मैत्री बनाउने प्रतिवद्वता जनाउनु भयो । नगरपालिकाले छिटै नगर भित्रका अपाङ्गता भएका ब्यक्तिहरुको नयाँ तथ्याङ्क संकलन गरी सोही तथ्याङ्कको आधारमा उनीहरुलाई सहयोग गर्ने बताउनु भयो । भीमेश्वर नगरपालिकाका प्रवक्ता तारानाथ चौलागाईले वडामा रहेका सरकारी कार्यालयलाई अपाङ्ग मैत्री बनाउन आफूले सहजीकरण गर्ने बताउनु भयो । सार्वजनिक सरोकार कार्यालयमा दोभासे समेत राख्नु पर्ने उहाँले जोड दिनुभयो । कार्यक्रममा वक्ताहरुले अपाङ्ग मैत्री नीति हुनु पर्नेमा जोड दिनुभएको थियो । अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाका अध्यक्ष रामकृष्ण तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण मखन पाण्डेले गर्नु भएको थियो ।

Shares

Be the first to comment on "अपाङ्गमैत्री संरचना बनाउनु पर्नेमा जोड"

Leave a comment

Your email address will not be published.


*